राष्ट्रिय वाणिज्य बैंकको अर्धवार्षिक दुई दिवसीय समीक्षा गोष्ठी सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक प्रगति विवरणको दुई दिवसीय समीक्षा गोष्ठी हालै सम्पन्न भएको छ।

धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा सम्पन्न भएको गोष्ठीको उद्घाटन समारोहमा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले गोष्ठीको उद्देश्य एवं स्वागत मन्तव्य राखेकी थिइन्।

बैंकका प्रमूख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी गोष्ठीको उद्घाटन गरेका थिए भने ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए।

बैंकका सातवटै प्रादेशिक कार्यालयका प्रादेशिक कार्यालयका प्रमुख, २३ वटा विभागका विभागीय प्रमुख, बैंकका उपकार्यकारी अधिकृत एवं नायब प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता थियो।

गोष्ठीमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले गत साउनमा सम्पन्न भएको लक्ष्य प्रगति तथा बजेट कार्यान्वयन रणनीतिक गोष्ठीमा निर्धारण गरिएका अधिकांश सूचकहरु सन्तोषजनक रुपमा पूरा भएको बताए। उनले बैंकको मुख्य जिम्मेवारीमा रहेका बिभागीय प्रमुख तथा प्रादेशिक प्रमुखहरुले बजारमा कर्जा लगानी र निक्षेप संकलनजस्ता महत्वपूर्ण कार्यमा आफूलाई पूर्ण रुपमा समर्पित गरी बजारमा देखिएको प्रतिस्पर्धामा आफूहरुलाई खरो रुपमा उत्रन विशेष निर्देशन दिए।

सहभागी प्रादेशिक प्रमुख र विभागीय प्रमुखहरुले आ-आफ्नो कार्यालयको प्रस्तुतीकरण गरेका थिए। उक्त प्रस्तुतीकरणमा बैंकका प्रमूख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत र उपकार्यकारी अधिकृतहरुले जिज्ञाशा एवं सुझाव राखेका थिए।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स