नेप्सेमा एक बैंक सहित दुई कम्पनीको कुल ५३ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक बैंक सहित दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार सिभिल बैंक र किसान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नैप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, सिभिल बैंकको ५ प्रतिशत दरका कुल ४५ लाख ३७ हजार ९२१ कित्ता बोनस सेयर र किसान लघुवित्तको २० प्रतिशत दरका कुल ७ लाख ८५ हजार ६१७ कित्ता बोनस सेयर गरी कुल ५३ लाख २३ हजार ५३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्री गर्न सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स