काठमाडौं । नबिल बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
प्रतिकित्ता ४५० रूपैयाँ तोकिएको उल्लेखित कित्ता सेयर खरीदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले आगामी सात दिनभित्र आवेदन दिन कम्पनीले भनेको छ ।
तोकिएको अवधिभित्र प्रतिकित्ता मूल्यसमेत अंकित गरी कम्पनीको केन्द्रीय कार्यालय तीनधारा, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।