राष्ट्र बैंकद्वारा साना किसान लघुवित्त र आरएमडिसी लघुवित्तलाई मर्जरको लागि सैद्दान्तिक स्वीकृति प्रदान, स्वाप रेसियो कति ?

काठमाडौं । साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तलाई मर्जरको लागि सैद्दान्तिक स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकले पुस १७ गते दुई संस्थालाई मर्जरको लागि सैद्दान्तिक स्वीकृति प्रदान गरेको हो ।

राष्ट्र बैंकले स्वीकृति प्रदान गरेसँगै अब दुवै लघुवित्तले साधारणसभा आह्वान गरेर मर्जर प्रस्ताव पारित गराउने बाटो खुलेको छ।

दुवै लघुवित्तबीच १००ः८७ को स्वापमा मर्ज हुने प्रारम्भिक समझदारी भएको थियो । अर्थात् आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्। यद्यपि अन्तिम स्वाप रेसियो डिडिए रिपोर्ट पछि मात्र आउने भएकोले सो समयसम्ममा स्वाप १००ः९० सम्म कायम हुन सक्ने बताईएको थियो ।

मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेमबहादुर पाठक अध्यक्ष, डा शिवराम प्रसाद कोईराला प्रमुख कार्यकारी अधिकृत र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृतपछिको कार्यकारी पदमा रहने सहमति भएको छ ।

मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड कायम हुने भएको छ। मर्जरपछि बन्ने संचालक समितिमा दुबै संस्थाका संस्थापक समूहबाट २र२ जना, सर्वसाधारण समूहबाट १र१ जना र विशेषज्ञ सञ्चालक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरे बमोजिम १ जना नियुक्ति गर्ने सहमति भएको छ ।

मर्जरपछि यस लघुवित्त वित्तीय संस्थाको पुँजी कोष ७ अर्बभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब ४३ अर्ब पुग्नेछ ।

गत भदौ ३१ गते २ संस्थाबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स