माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई जाडोको न्यानो स्वेटर तथा ब्ल्यांकेट हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश नं. १ उदयपुर जिल्लास्थित श्री सिद्धवती माध्यमिक विद्यालय खाँबुमा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको छ।

सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अतिनिम्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले उक्त स्कुलमा २६५ थान स्वेटर वितरण गरेको हो।

यसैगरी बैंकले जाडो मौसमलाई नै मध्यनजर गर्दै मधेश प्रदेशको पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिकास्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीलाई समेत ४० थान ब्ल्यांकेट हस्तान्तरण गरेको छ।

बैंकले यसअघि पनि सामाजिक कार्यमा सक्रिय रहेका विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको थियो।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा, १६५ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा शाखारहित बैंकिङ सेवा, २०६ वटा एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स