अहिले लगानी योग्य पुँजी केही टाइट भएपनि कार्तिक लागेपछि सुध्रिन्छ : भुवन दाहाल

काठमाडौं । अहिले वित्तीय बजारमा लगानी योग्य पुँजी केहि टाइट भएपनि कार्तिक लागेपछि यो अवस्थामा सुधार आउने नेपाल बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । सरकारी खर्च हुन नसक्दा लगानी योग्य पुँजी केही टाइट भएपनि बैंकहरूले कर्जा दिन भने नरोकेको उनले जानकारी दिए ।

‘कार्तिकदेखि लगानी योग्य पुँजी सहज हुन सक्ने अनुमान मैले यस आधारमा गरेको हुँ ,’ उनले भने ‘राष्ट्र बैंकबाट १ सय अर्ब जति पुनरकर्जा लिन बाँकी छ । असोज दोस्रो तथा तेस्रो सातासम्म सरकारी खर्च पनि हुन्छ र यो महिना रेमिट्यान्स भित्रने महिना भएकोले पनि तरलता बढ्छ ।’

सरकारी खर्च भएपछि करिब १ सय अर्ब रुपैयाँ बजारमा आउँछ,’ उनले थपे ‘यो महिना दशैंको महिना भएकोले रेमिट्यान्स पनि यो महिनामा अन्य महिनाभन्दा टन्ने आउँछ ।’

उनले भने ‘सरकारी खर्च नहुँदा केही बैंकहरूमा तरलता कम देखिएको हो,’ उनले भने ‘यस्ता बैंकहरूले राष्ट्र बैंकबाट पाउने सुविधा उपयोग गरिरहेका छन् ।’

वित्तीय क्षेत्रमा लगानीयोग्य रकम अभाव हुन थालेपछि नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) र रिपोमार्फत रकम उठाएका छन् । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको २ महिना अर्थात भदौ ३१ गते बिहीबारसम्म बैंकहरुले ३ खर्ब ५२ अर्ब २९ करोड एसएलएफमार्फत राष्ट्र बैंकबाट तरलता उठाएका हुन् ।

राष्ट्र बैंकले गत भदौ १७ मा सात दिनको अवधिको २० अर्ब, भदौ २४ मा १४ दिन अवधिको ३० अर्ब र भदौ ३१ मा २० अर्ब गरी ७० अर्ब रुपैयाँ बराबरको रिपोसमेत जारी गरिसकेको छ ।

विगत १८ महिनादेखि विश्वव्यापी महामारीका कारण शिथिल बनेको अर्थतन्त्र चलायमान हुन थालेपछि बैंकबाट कर्जा लिने बढ्न थालेका छन् । व्यवसाय विस्तार हुँदै गएकोले पनि बैंक प्रणालीमा लगानी योग्य पुँजी अभाव हुन थालेको छ । निक्षेप

संकलनभन्दा कर्जा प्रवाह बढी भएका कारण बैंकहरूले राष्ट्र बैंकले दिने सुविधा लिएर कर्जा प्रवाह गर्न थालेका हुन् ।
सरकारी खर्च नहुँदा बैंकहरूमा तरलता अभाव भएको नेपाल बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । उनले भने ‘

वित्तीय बजारमा तरलता अभाव हुन थालेपछि अधिकांश बैंकहरूले निक्षेपको ब्याज समेत बढाइसकेका छन् । साधारण बचतको ब्याजदर दोब्बर बनाएका बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर भने दोहोरो अंकमा पुर्याएका छन् ।

मुद्दती निक्षेपमा भने करिब १० प्रतिशत ब्याज दिने गरी ब्याजदरसमेत सार्वजनिक गरिसकेका छन् । केही समय अघिसम्म साधारण बचतमा ३ प्रतिशतमात्रै रहेको ब्याजदर अहिले बढेर ६ प्रतिशत माथि पुगेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स