सन्राइज बैंकद्वारा केन्द्रीय अनुसन्धान व्यूरोलाई बैंकिङ सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण

काठमाडौं । सन्राइज बैंकले केन्द्रीय अनुसन्धान व्यूरोलाई बैंकिङ सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण गरेको छ । हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई, बैंकिङ र डिजिटल बैंकिङमा अपनाउनु पर्ने सावधानीहरु समेटेर बैंकले ‘कुशल’ नामक चेतनामुलक भिडियो बनाएर केन्द्रीय अनुसन्धान व्यूरोलाई हस्तान्तरण गरेको हो ।

माघ ११ गतृे बुधबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरक्त महानिरीक्षक उत्तम राज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गरेका थिए ।

उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई विभिन्न बैंकिङ सुरक्षा सम्बन्धी चेतनामुलक जानकारी, घटना र कथा मार्फत प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

उक्त भिडियो प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशै भरी फिजाउने तथा बैंकले विभिन्न सामाजिक संजाल मार्फतसमाजमा पु¥याएर चेतना बढाउन मदत गर्ने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स