कामना सेवा विकास बैंकले ल्यायो अनलाइनबाटै खाता खोल्न सकिने एनआरएन बचत

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित परिवारजनहरूका लागि कामना सेवा विकास बैंकले नयाँ ‘एनआरएन बचत’ खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले यस्तो बचत खातामा ७ प्रतिशत ब्याजदर सहितको यो खातामा पहिलो वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङको सुविधा दिने भएको छ । विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसा यो खातामा जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

साथै यस खाता मार्फत खोलिने मुद्दती निक्षेपमा ०.५ प्रतिशत थप ब्याज पाउन सक्ने पनि बैंकले जनाएको छ । यो खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स