लुम्बिनी विकास बैंकद्वारा खेलकुद प्रतियोगिताको लागि टि-सर्ट हस्तान्तरण

काठमाडौं । लुम्बिनी विकास बैंकले खेलकुद प्रतियोगिताको लागि टि-सर्ट हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जैशिदेवल युथ क्लवले आयोजना गर्न लागेको प्रदेशस्तरिय तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियल तथा क्लवका पदाधिकारीहरुलाई टि(सर्ट हस्तान्तरण गरेको हो।

क्लवका अध्यक्ष राजेश प्रजापतिलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले टि-सर्ट हस्तान्तरण गरेका हुन्। बैंकले सो क्लबलाई विगत वर्षहरुमा समेत सहयोग गर्दै आएको थियो ।

बैंकले ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको जानएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स