बैंकहरूको ईपीएस करिब ३ रुपैयाँले घट्यो, सेयरधनीको आम्दानीमा धक्का (कुन बैंकको कति सूचीसहित)

काठमाडौं । चालु आर्थि वर्षको दोस्रो त्रैमाससम्म २१ वटा वाणिज्य बैंकहरूको औसत प्रति सेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ३५ पैसा रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकहरूको प्रतिसेयर आम्दानी औसतमा २२ रुपैयाँ २८ पैसा थियो । पहिलो त्रैमासबाट दोस्रो त्रैमासमा आउँदा बैंकहरूको प्रतिसेयर आम्दानी करिब २ रुपैयाँले घटेको छ ।

चालु आवको दोस्रो त्रैमासमा बैंकहरूले कर्जा जोखिम (नोक्सानी) वापत छुट्याउनु पर्ने रकम ११ अर्बभन्दा माथि भएकाले बैंकहरूको नाफा वृद्धिदर घटेको छ । चालु आवको यो अवधिमा बैंकहरूले ३० अर्ब १३ करोड रुपैयाँ नाफा आर्जन गरेका छ । बैंकले ७ुाले रकम इम्पेरिमेन्ट चार्जका लागि छुट्याउनु नपरेको भए बैंकको नाफा बढ्न गई ईपीएम पनि बढ्ने थियो ।

बैंकको नाफामा उल्लेख्य सुधार नहुँदा यसको असर प्रतिसेयर आम्दानीमा परेको हो । चालु आवको यो अवधिमा आईपुग्दा १३ बैंकको प्रतिसेयर आम्दानी घटेको छ भने ८ बैंकको बढेको छ । कृषि विकास बैंक अवस्था भने चालु आवमा त्यति सन्तोषजनक देखिएको छैन । यसरी प्रतिसेयर आम्दानी घट्दा लगानीकर्ताको आम्दानीमा समेत धक्का पुगेको छ ।

वाणिज्य बैंकमध्ये सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) एनआईसी एशिया बैंकको रहेको छ । अन्य बैंकको जस्तै दोस्रो त्रैमासमा एनआईसी एशिया बैंकको प्रति सेयर आम्दानी घटेपनि अन्यभन्दा भने बढी नै छ । चालु आवको पहिलो त्रैमासमा ५९.६२ प्रतिशत रहेको एनआईसी एशिया बैंकको प्रतिसेयर आम्दानी दोस्रो त्रैमासमा करिब ३ रुपैयाँले घटेर ५६ रुपैयाँ ७७ पैसामा खुम्चिएको छ । र पनि बैंकले सबै वाणिज्य बैंकलाई उछिनेको छ ।

सनराइज बैंकले भने चालु आवको दोस्रो त्रैमासमा राम्रो गरेको छ । पहिलो त्रैमाससम्म १ रुपैयाँ ६४ पैसा रहेको बैंकको ईपीएस दोस्रो त्रैमाससम्म बढेर १२.९३ पैसा पुगेको छ । लक्ष्मी, माछापुच्छे, एनएमबि, सानिमा, सिद्धार्थ, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ईपीएस बढेको छ भने अनय बैंकको ईपीएस घटेको छ ।

एभरेष्ट बैंकको ३६ रुपैयाँ ५८ पैसाबाट २९ रुपैयाँ ६९ पैसामा झरेको छ भने सिटिजन्स बैंकको ईपीएस ११ रुपैयाँ ८५ पैसा, सिभिल बैंकको १४ रुपैयाँ ४ पैसा, ग्लोबल बैंकको १८ रुपैयाँ ७ पैसा, हिमालयन बैंकको १३ रुपैयाँ ६३ पैसा ईपीएस रहेको छ ।

लक्ष्मी बैंकको १८ रुपैयाँ ६५ पैसा रहेको छ भने माछापुच्छ«े बैंकको १९ रुपैयाँ ९९ पैसा रहेको छ । नबिल बैंकको ईपीएस २५ रुपैयाँ ३३ पैसा, नेपाल बैंकको १५ रुपैयाँ ९३ पैसा, नेपाल एसबिआई बैंकको २३ रुपैयाँ ९६ पैसा रहेको छ ।
एनएमबि बैंकको ईपीएस २० रुपैयाँ ७० पैसा, प्रभु बैंकको १० रुपैयाँ १९ पैसा, सानिमा बैंकको १७ रुपैयाँ ३ पैसा, सिद्धार्थ बैंकको १६ रुपैयाँ ५३ पैसा रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको ३७ रुपैयाँ ५ पैसा, स्टयाण्डर्ड चार्टर्ड बैंकको ३७ रुपैयाँ १९पैसा र कुमारी बैंकको ११ रुपैयाँ ६७ पैसा रहेको छ ।

के हो प्रतिसेयर आम्दानी र कसरी निकालिन्छ ?

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफलको आधार हो । कम्पनीले अग्राधिकार सेयर जारी गरेको छ भने करपछिको नाफाबाट अग्राधिकार सेयरको लाभांश घटाएर बाँकी रहने नाफालाई साधारण सेयरको कुल संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ ।

यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । प्रतिसेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । अतः प्रतिसेयर आम्दानीलाई कम्पनीको नाफा विश्लेषण गर्ने एउटा महत्वपूर्ण औजारको रुपमा मानिन्छ ।

कुन बैंकको ईपीएस कति ?

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स