सरकारी बैंकहरू मर्जरको आवश्यकता बुझ्न पछाडि परेः गभर्नर अधिकारी

काठमाडौं । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारी बैंकहरू पनि मर्जरमा जानु पर्ने बताएका छन् । सरकारी बैंकले पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताएका छन् । निजी बैंकसँग प्रतिस्पर्धा गर्न सरकारी बैंकहरू स्वेच्छिक रुपमा मर्जरमा जान उपयुक्त हुने उनले बताए ।

‘निजी बैंकहरु धमाधम मर्ज भएको अवस्थालाई मध्येनजर गर्दै सरकारी बैंक पनि मर्जरमा जानुपर्छ,’ उनले भने ‘निजी बैंकहरूलाई पनि मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था गरेको थिएन, बैंकहरू आफैँले व्यवसायिक आवश्यकता बुझेर मर्जर गरेका हुन् ।’
कतै सरकारी बैंकहरूले मर्जरको आवश्यकता बुझ्न पछाडि परेका त होइनन् ? गभर्नर अधिकारीले प्रतिप्रश्न गरे । ‘एउटा बैंकको ६ अर्बको कर्जा ६ महिना ओभर ड्यु भयो भने ३ अर्बको प्रोभिजम प्रवन्ध गर्नुपर्छ, बैंकको एक वर्षको प्रोभिजन सकियो, त्यसैले संवेदनशील भएर बैंकको व्यवस्थापनमा लाग्नुपर्छ,’ उनले भने ।

राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सवमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कुनै समय नेपाल सरकारले बाह्य ऋण साहयता लिएर सुधार गरेको बैंक अहिले हरेक सूचक अब्बल भएको बताए । ‘अहिले नेथवर्क बढेर करिब ३० अर्ब रुपैयाँ पुगेको छ । अन्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कै कारणले तरलतामा असर परिरहेको अवस्थामा यो बैंकको सीडी रेसियो ८२ प्रतिशत रहेको छ,’ उनले भने ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स