काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकहरूको आधारदर (बेसरेट) बढेर ११.७३ प्रतिशतसम्म पुगेको छ । कुमारी र सिभिल बैंकको बेसरेट सो प्रतिशत पुगेको छ भने सनराइज, प्रभु, सिटिजन्स, लक्ष्मी, प्राइम कमर्शियल, माछापुच्छ«े, कृषि विकास बैंक र एनआईसी एशिया बैंकको बेसरेट ११ प्रतिशतभन्दा माथि छ भने अन्य सबै बैंकको आधार दर ९ देखि १० प्रतिशतको हाराहारीमा रहेको छ ।
चालु आवको यो अवधिमा बैंकहरूको औसत आधारदर १०.८६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको यो अवधिमा बैंकहरूको औसत आधारदर ८.३ प्रतिशतमात्रै थियो । १वर्षको यो अवधिमा बैंकहरूको यस्तो दर ३१.६८ प्रतिशतले वृद्धि भएको छ ।
बैंकहरूको आधारदर बढ्दा त्यसको प्रत्यक्ष असर कर्जाको ब्याजदरमा पर्ने गर्छ । बजारमा लगानी योग्य पुँजी अभाव भएपछि बैंकहरूले आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गर्ने गरेका छन् ।
डेढ वर्षअघिसम्म डेढ दुई प्रतिसम्म प्रिमियम जोडेर लिने गरेका बैंकहरूले अहिले न्यूनतम पनि ५ प्रतिशसम्म प्रिमियम जोड्ने गरेकाले कर्जाको ब्याजदर अझ बढ्न सक्ने तथ्यांकले देखाएको छ । यद्यपि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । सो कारण कर्जाको पनि ब्याजदर घट्छ भन्ने हो । तर, ब्याजदर घटाउन आधार दरमा नै सुधार हुनुपर्छ ।
बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको आधारदरका अनुसार कर्जा लिँदा स्ट्याण्डर्ड चार्टर्ड मा सस्तो पर्ने देखिएको छ भने कुमारी र महँगो पर्ने देखिएको छ । सिभिल बैंक भने छिट्टै हिमालयन बैंकसँग एक्विजिशनमा जान लागेको छ ।
गत आवको सोहि अवधिमा कुमारी बैंकको आधारदर ८.९३ प्रतिशत थियो भने अहिले ३१.३५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको यो अवधिमा ९.७४ प्रतिशत रहेको सिभिल बैंकको आधारदर अहिले २०.४३ प्रतिशतले बढेर ११.७३ प्रतिशत पुगेको छ ।
काठमाडौं । यस्तो बेसरेट गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले थप गरेको छ । बैंकबाट गत आवको पुस अवागै कर्जा लिएका ऋणीलाई चालु आवको पुस मसान्तपछि ब्याजको भार ४७.२४ प्रतिशत थप भएको हो । गत आवमा राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ६.६० प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा बढेर ९.७३ प्रतिशत पुगेको छ ।
गत वर्षसम्म सबैभन्दा कम रहेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आधारदर अहिले पनि कम नै छ । गत आवको यो अवधिसम्म ६.६ प्रतिशत रहेको आधारदर अहिले ४१.५८ प्रतिशतले बढेर ९.६७ प्रतिशत पुगेको छ ।
एक वर्षको अवधिमा नेपाल बैंकको बेसरेट ४३.०६ प्रतिशतले बढेर ९.९ प्रतिशत पुगेको छ भने , स्टण्डर्ड चार्टडको ४१.५८ प्रतिशत बढेर ९.६७ प्रतिशत पुगेको छ । एभरेष्टको आधारदर ३७.३३ प्रतिशतले बढेर ९.९७ प्रतिशत पुगेको छ । नबिलको ३६.६७ प्रतिशतले बढेर १०.१, एनएमबिको २६.०९ प्रतिशतले बढेर १०.६८ प्रतिशत पुगेको छ ।
नेपाल एसबिआई बैंकको २५.४४ प्रतिशतले बढेर १०.७५ प्रतिशत पुगेको छ भने ग्लोबल आइएमईको ३५.१७ प्रतिशतले बढेर १०.८ प्रतिशत पुगेको छ । हिमालयन बैंकको आधारदर २४.११ प्रतिशतले बढेर १०.८६ प्रतिशत पुगको छ भने सानिमाको ३४.४१ प्रतिशतले बढेर १०.९१ प्रतिशत पुगेको बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । प्रभु बैंकको ३१.८० प्रतिशत, लक्ष्मी बैंकको ३०.०९ प्रतिशतले थप भएको हो ।