माछापुच्छ्रे बैंकद्वारा लगनखेलमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर जिल्लाको लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।

सोमबार बैंकले औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो। कर्मचारी सञ्चय कोषका सहप्रशासक जीवनकुमार कटवालले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य उच्च पदस्थ कर्मचारीको समेत उपस्थिति थियो। उक्त एक्सटेन्सन काउन्टरको स्थापना भएसँगै बैंकको हालसम्म देशभर ११ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन्।

बैंकले देशका हरेक वर्ग तथा समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ र नयाँ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषणलगायतका अन्य बैंकिङ सुविधासमेत प्रदान गर्नेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स