काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे ९ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
सोमबार एक्सल डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको साधारण सभाबाट पारित भएको ८.५ प्रतिशत दरका कुल ९ लाख ७९ हजार २३ कित्ता सेयर सूचीकृत भएको हो ।
बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्री गर्न सक्ने छन् ।