ज्योति विकास बैंकको नाफा ८९.९० प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा ८९.९० प्रतिशतले घटेर ३ करोड ४७ लाख ५९ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा बैंकले ३४ करोड ४० लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३३ करोड ३ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

दोस्रो त्रैमाससम्म बैंकले ४ करोड ९६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ४९ करोड १३ लाख रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफा पनि ८९.८९ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी ९१ करोड ८४ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले ब्याज आम्दानी २५.३६ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ४ अर्ब २६ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ३३.९९ प्रतिशतले बढेर १ अर्ब ३९ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा १ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले ५५ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ५० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ५३ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ६५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ३.५२ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल २.०५ प्रतिशत थियो।

समीक्षा अवधिमा बैंकको बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ४९ पैसाले घटेर १ रुपैयाँ ६३ पैसामा झरेको छ । गत वर्षको यसैअवधिमा प्रतिसेयर आम्दानी १६ रुपैयाँ १२ पैसा थियो । यस्तै, प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ३० पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स