मुक्तिनाथ विकास बैंकको खुद नाफा ३.९६ प्रतिशत बढी, ईपीएस कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा बैंकले ६२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३३.३७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २२.७५ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ३.९६ प्रतिशत मात्र बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १६ करोड ४१ लाख रुपैयाँबाट बढेर ४४ करोड १७ लाख रुपैयाँ पुगेको छ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी १३.५० प्रतिशत बढेको छ भने जगेडा कोष ७.२३ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको निक्षेप ४.४३ प्रतिशत बढेको छ भने कर्जा ६.२० प्रतिशत बढेको छ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी अर्थात (ईपीएस) भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ७९ पैसा घटेर १९ रुपैयाँ ५१ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.५३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ९६ पैसा रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स