एनएमबि बैंकको नाफा १ अर्ब ९० करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आवको सोहि अवधिमा १ अर्ब ७१करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले यस आवमा कमाएको नाफा गत आवको समीक्षा अवधिको तुलनामा ११.११ प्रतिशत धेरै हो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने ६३ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकले १ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले पुससम्ममा ४ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकले ४ अर्ब ७७ करोड रुपैयाँ खुद संचालन मुनाफा आर्जन गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ, रिटर्न अर्निङमा १ अर्ब २३ करोड रुपैयाँ र रिर्जभमा ७ अर्ब ७ करोड रुपैयाँ रहेको छ।

पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७० पैसा, नेटवर्थ प्रतिसेयर १ सय ४८ रुपैयाँ १० पैसा छ । बैंकको खराब कर्जा अनुपात २.२४ प्रतिशत, कर्जा निक्षेप अनुपात ८७.२७ प्रतिशत, आधार दर १०.६८ र स्प्रेड दर ४.१९ प्रतिशत छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स