ग्लोबल आईएमई बैंकले कमायो पौने ३ अर्बभन्दा बढी नाफा, ईपीएस कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमाससम्ममा २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ६६ करोड खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा खुद नाफा ४.४७ प्रतिशतले बढेको हो ।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ११ करोड छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब ५४ करोड खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रहेको छ भने रिजर्भ पनि ७१.१४ प्रतिशतले बढेर १८ अर्ब ३१ करोड पुगेको छ । समीक्षा अवधिसम्म बैंकले ४ खर्ब ३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६३ अर्ब कर्जा परिचालन गरेको छ ।

बैंकको आधार दर १०.८० प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा (एनपीएल) बढेर २.९२ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १८.०७ छ भने पीई रेसियो ११.६४ गुणा, प्रतिसेयर नेटवर्थ १५४.३४ रुपियाँ र तरलता अनुपात २३.०५ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।

गत पुस २५ गते बैंकले बैंक अफ काठमाण्डूलाई मर्जर गरी एकीकृत कारोबार सुरु गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स