सानिमा बैंकको नाफा सवा अर्ब, ईपीएस कति ?

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब २८ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९६ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४७.१८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २८.८१ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा २१.४२ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६६ पैसा बढेर २० रुपैयाँ ६३ पैसा पुगेको छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.५७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ८२ पैसा रहेको छ ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पुँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ०.०१ प्रतिशत बढेको छ । बैंकको निक्षेप १.०७ प्रतिशत बढेको छ भने कर्जा ५.२९ प्रतिशत बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स