सिटिजन्स बैंकको नाफा ८४ करोडमा खुम्चियो, ईपीएस कति ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.११ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २३ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफा घट्न दबाब पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.८८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४.७७ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २९.७१ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ७ करोडबाट बढेर ६१ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ६० पैसा घटेर ११ रुपैयाँ ८५ पैसामा सीमित भएको छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.३८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ५२ पैसा रहेको छ ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पुँजी स्थिर रहेको छ भने जगेडा कोष ७.३१ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको निक्षेप ४.३७ प्रतिशत बढेको छ भने कर्जा ५.५१ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स