एनआईसी एशिया बैंकको नाफामा छलाङ, प्रति सेयर आम्दानी कति ?

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले शनिबार प्रकाशित गरेको वित्तीय विवरणमा खुद नाफा ३६ प्रतिशतको वृद्धि भएको देखिएको हो ।

धितोपत्रको दोस्रो बजारमा सेयरमूल्य अधिक भएपनि बैंकको खुद नाफा भने नबिलको भन्दा कम रहेको छ । सो अवधिसम्ममा नबिल बैंकले करिब साढे ३ अर्ब खुद नाफा कमाएको छ ।

नाफामा नबिल बैंकले उछिने पनि प्रतिसेयर आम्दानीका आधारमा भने एनआईसी एशिया नै अगाडि देखिएको छ । पुस मसान्तसम्ममा नबिल बैंकले प्रतिसेयर २५ रुपैयाँ ३३ पैसा कमाउँदा एनआईसी एशियाले प्रतिसेयर ५६ रुपैयाँ ७७ पैसा कमाएको छ ।

सो अवधिसम्ममा बैंकको कुल बजार रकम २ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ भने निक्षेप ३ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको स्व–पूँजीमा प्रतिफल (आरओई) २४.७५ प्रतिशत रहेको छ । स्व–पूँजीमा प्रतिफल र प्रतिशेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको सो बैंकको अनुमान छ ।

एनआईसी एशियाले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रैयमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न सफल भएको पनि बताएको छ ।

समीक्षा अवधिसम्ममा तीन लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहक पुर्याउन सफल भएको बताउँदै बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको जनाएको छ ।

साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरूभन्दा आफूहरु अग्रणी स्थानमा रहेको बैंकको भनाइ छ । समीक्षा अवधिमा कुल कर्जा रकम २६६ अर्ब ६८ करोड र कुल निक्षेप संकलन ३०८ अर्ब ७० करोड पुर्याएको एनआईसी एशिया सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएको बैंकहरुमध्येको एक हो ।

यस बैंकको मुलुकभर ३५९ शाखा, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स