कृषि विकास बैंकले गर्यो रक्तदान कार्यक्रम

काठमाडौं । कृषि विकास बैंकको ५६ औँ वार्षिककोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेका छ । बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितिका संयोजक रामबहादुर लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १ सय ४७ जनाले रक्तदान गरेका थिए ।

पेशागत महासंघ नेपालका संयोजक बाबुराम थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पेशागत महासंघ नेपालका सह–संयोजक दयाराम बस्याल, सचिवालय सदस्य मधुरेन्द्र झा, बैंकका संचालक समिति सदस्य संजिव पौडेल, बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीको उपस्थिति रहेको थियो ।

बैंक, बिमा तथा बित्तीय क्षेत्र कर्मचारी संघ नेपालका अध्यक्ष धर्मप्रसाद मैनाली, कृषि बिकास बैंक कर्मचारी संघ नेपालका संयोजक लिला जिसी लगायत बैंकका उच्च पदस्थ कर्मचारीहरु, युनियनका प्रतिनिधिहरुलगायत उपत्यकाभित्र रहेका कर्मचारीहरुको उपस्थिति संस्थाका सह–संयोजक सुरेशकुमार क्षेत्रीले बताए ।

नेपाल रेडक्रस सोसाईटीले सहजीकरण गरेको उक्त कार्यक्रम हरेक वर्ष बैंकको वार्षिकोत्सवका अवसरमा कृषि बिकास बैंक कर्मचारी संघ नेपालले आयोजना गर्ने गरेको संगठन विभाग प्रमुख छगेन्द्र आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स