काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुमारी बैंक र सानिमा जिआइसी इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । बिहीबार यी दुई कम्पनीको कुल २८ करोड कित्ताबढी सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा कुमारी बैंक र एनसीसी बैंकको मर्जर पश्चात नेप्सेमा कुमारी बैंकको नाममा सेयर सूचीकृत भएको छ। बिहीबार कुमारी बैंकको २६ करोड २२ लाख ५८ हजार ६ सय १३.५७ कित्ता सेयर सूचीकृत भएको हो ।
यी दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन्।
नेप्सेले कुमारी बैंकलाई ‘केबीएल’ कारोबार संकेत प्रदान गरेको छ भने ओपनिङ रेन्ज प्रतिकित्ता १८९.५६ रुपैयाँ तोकेको छ।
त्यस्तै, सानिमा जनरल र जनरल इन्स्योरेबीचको मर्जर प्रक्रिया पूरा गरी यी दुवै कम्पनीको कुल २ करोड कित्ता सेयर सानिमा जीआईसी इन्स्योरेन्सको नाममा सूचीकृत भएको छ।
यी दुवै कम्पनी पनि १ः१ अनुपातमा मर्ज भएका हुन्।
नेप्सेले यो कम्पनीलाई ‘एसजीआईसी’ कारोबार संकेत प्रदान गरेको छ भने ओपनिङ रेन्ज प्रतिकित्ता ३६७.५ रुपैयाँ तोकेको छ।
यी दुवै कम्पनीको सेयर सूचीकृत भएसँगै नेप्सेमा सोमबारबाट कारोबारमा आउने छ ।