१२ बैंकले रोजे मेगा मर्जरको बाटो, अन्य बैंक दवावमा, ६ बैंकको चुक्ता पुँजी २० अर्ब माथि

काठमाडौं । वाणिज्य बैंकहरुको संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीति अनुसार पछिल्लो समय १२ वटा बैंक वाणिज्य बैंकले मर्जरको बाटो रोजेका छन् ।

केही वर्षअघि मात्रै तत्कालीन जनता बैंकलाई ग्लोबल आईएमई बैंकले प्राप्ति गरेसँगै मेगा मर्जरको लहर शुरु भएको हो । त्यसपछि नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई मर्ज गर्यो भने हालैमात्र कुमारी बैंकले एनसीसी बैकलाई मर्ज गरी एकीकृत कारोबार शुरु गरेको छ । राष्ट्र बैंकले कमजोर प्रस्तुती रहेका अन्य बैंकलाई पनि मर्जरमा जान दवाव दिईरोकेको छ । त्यसैले बैंकहरू अहिले पनि उचित पार्टनरको खोजिमा रहेका छन् ।

पुस २५ गते ग्लोबल र बीओके, पुस २६ गते प्रभु र सेञ्चुरी, २८ गते मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार गरिसकेका छन् भने कुमारी बैंक र एनसीसी बैंक यसअघि नै मर्जर प्रक्रियामा गइसकेका छन् ।

हिमालयन र सिभिल बैंकबीचको एकीकृत कारोबार माघ महिनाको दोस्रो सातापछि मात्रै हुने भएको छ । लक्ष्मी र सनराइज बैंकबीच पनि मर्जरको लागि प्रारम्भिक सहमति भइसकेको छ । राष्ट्र बैंकले ल्याएको पहिलो चरणको बिग मर्जर नीतिमा १२ बटा ठूला बैंक सामेल भएका वा हुने देखिएको छ । मर्जर तथा एक्विजिशन पछि यी बैंकहरूको ठूलो पुँजी भएको बैंक बनेका छन् ।

बीओकेसँग मर्जपछि ग्लोबल आइएमई बैंकको कुल चुक्ता पुँजी ३५ अर्ब ७७ करोड पुगेको छ । त्यस्तै एनबी बैंकलाई गाभेपछि नबिल बैंकका कुल चुक्ता पुँजी २७ अर्ब ५ करोड पुगेको छ । त्यस्तै एनसीसी र कुमारी मर्जरमा जाँदा कुल चुक्ता पुँजी २६ अर्ब २३ करोड पुगेको छ । प्रभुमा सेञ्चुरी गाभिएपछि कुल चुक्ता पुँजी २३ अर्ब ५४ करोड पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट र मेगा एकआपसमा गाभिएपछि कुल चुक्ता पुँजी ३२ अर्ब ८१ करोड पुगेको छ भने हिमालयनले सिभिललाई एक्विजिशन गरेपछि बैंकको चुक्ता पुँजी २२ अर्ब ३ करोड पुग्नेछ । हिमालयनले सिभिललाई १००ः८१ अनुपातमा एक्वायर गर्न लागेको हो ।

अब लक्ष्मी बैंक र सनराइज बैंक १ः१ को स्वाप रेसियोमा एक आपसमा गाभिएपछि २१ अर्ब ६६ करोडको बैंक बन्ने छ । हाल पुँजी लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ । राष्ट्र बैंकले वाणिज्य बैंकका लागि न्यूनतम ८ अर्ब चुक्ता पूँजी तोकेको छ ।

मर्जरमा गएसँगै नेपाल इन्भेष्टमेन्ट बैंकको ५८ अर्ब कुल पुँजी भएको ठूलो बैंक बनेको छ भने ग्लोबल आईएमई बैंकको कोर क्यापिटल ५७ अर्ब पुगेको छ ।

वाणिज्य बैंकको संख्या २० वटामा झर्दैै
पछिल्लो समय २८ वटा वाणिज्य बैंक रहेकोमा जनता ग्लोबलमा गाभिएपछि २७ वटामा समेटिएको थियो भने भने एनबी बैंक नबिलमा मिसिएपछि २६ वटामा झरेको थियो । अब १२ वटा बैंक ६हुने भएपछि वाणिज्य बैंकको संख्या २० वटामा झर्नेछ ।

दर्शक अगाडिबाट वाणिज्य बैंकहरूको मर्जर र प्राप्तिको श्रृखला शुरु भएको थियो । एनआईसी बैंक र बैंक अफ एशिया मर्ज भएर एनआईसी एशिया बैंक बन्यो । ग्लोबल आईएमई बैंकले कर्मज एण्ड ट्रष्ट बैंक प्राप्ती गर्याे । त्यसपछि लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू मर्जर भए यसको लगतै जनता बैंकलाई ग्लोबल आईएमई बैंकले लियो । प्रभु बैंकले किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्ती गर्दै वाणिज्य बैंकमा अब्बल बैंक बन्यो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स