फर्स्ट माइक्रोफाइनान्स दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी, नाफा ३८.५३ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३८.५३ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीको खुद नाफा १४ करोड ४४ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १० करोड ४४ लाख रहेको थियो ।

यस अवधिमा कम्पनीको ब्याज आम्दानी २६.४६ प्रतिशतले बढेर २३ करोड ५ लाख पुगेको छ । कम्पनीको संचालन मुनाफा ३८.६८ प्रतिशतले बढेर २० करोड ६४ लाख पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब १४ करोड रहेको छ । कम्पनीले ८ अर्ब ७३ करोड सापटी लिएको छ भने १० अर्ब ९ करोड कर्जा प्रवाह गरेको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको सापटी र कर्जा प्रवाह क्रमश ७.६७ प्रतिशत र २.८९ प्रतिशतले घटेको छ ।

यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी २५ रुपैयाँ १८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १३३ रुपैयाँ २७ पैसा रहेको छ । कम्पनीको खराब कर्जा ०.१७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स