यस्ता छन् चालु पुँजी कर्जामा परिमार्जन गरेको प्रमुख १० बुँदाः मनोज ज्ञवाली

नेपाल राष्ट्र बैंकले चालु पँुजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गरेको छ । यो परिमार्जन ले मार्गदर्शनलाई अलि खुकुलो र व्यवहारिक बनाएको उनको विश्लेषण छ । सो चालु पुँजी कर्जाका सम्बन्धमा नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले परिमार्जन गरिएका १० प्रमुख बुँदालाई यसरी प्रस्तुत गरेका छन् ।

१. एक करोड सम्मको चालु पुँजी कर्जामा कारोबार वा बिक्रीको २०% वा ४०% को अधिकतम सीमा नलाग्ने बैक तथा बित्तीय संस्थाहरुले आफ्नो कर्जा नीतिको अधीनमा रही प्रवाह गर्न सक्ने ।

२.एक करोड देखि २ करोड सम्मको चालु पुँजी कर्जामा कारोबार वा बिक्रीको ४०% को अधिकतम सिमा लाग्ने ।

३. २ करोड भन्दा बढि चालु पुँजी कर्जामा कारोबार वा बिक्रीको २५% को सीमा fluctuating working capital को लागी यथावत । Permanent working capital को लागी कम्तिमा ५ बर्षको कर्जा प्रवाह गर्नुपर्ने नियमलाई ३ देखि १० बर्षको बनाइयो ।

४. चालु पुँजी को आवधिक सीमा निर्धारण गर्दा ५ वर्षको अनुमानित विवरण को सट्टा ३ वर्षको वित्तीय बिवरण बिष्लेषण गर्ने गरी परिमार्जन गरियो। लेखापरीक्षण गरिएको ३ वर्षको विवरण यथावत।

५. ५ करोड भन्दा बढि चालु पुजी कर्जा उपभोग गर्ने ऋणीले चालु सम्पत्ति तथा दायित्व को मासिक विवरण पेश गर्नुपर्ने लाई त्रैमासिक र आन्तरिक लेखापरीक्षण गरेको विवरण त्रैमासिक पेश गर्नुपर्नेलाई अर्धवार्षिक बनाइयो ।

६. कर्जा अधिकारीले चालु पुँजी प्रमाणित गरि राख्नुपर्नेलाई विश्लेषण गरी राख्नुपर्ने । एकिन गर्नुपर्नेलाई निरिक्षण गर्नुपर्ने गरि व्यवहारिक बनाइयो ।

७. एक पटक भन्दा बढि बमजयअ दबकष्क मा कर्जा आवश्यकता परेमा बैकको संचालक समितिबाट निर्णय गराई दिन सकिने व्यबस्था थप ।

८.प्रत्येक त्रैमासमा अन्तिम महिनामा थप कर्जा सिमा प्रदान गर्न नपाइने तर नवीकरण गर्न बाधा नपर्ने।

९.२०७९/०७/०१ भन्दा पुर्व प्रदान गरिएको चालु पुजी कर्जा पहिलोपटक पुनरावलोकन वा नवीकरण गर्दा fluctuating र permanent working capital मा वर्गीकरण गर्दा पुनर्तालिकीकरण वा पुनर्संरचनामा गणना नगरिने।

१०.२०७९/०७/०१ भन्दा पुर्व प्रदान गरिएको चालु पुजी कर्जा पौष मसान्त २०७९ बाट आधार लीई ६,६ महिनामा १०%, २०%, २०%, २०%, ३०% गरी २०८२ असार मसान्तसम्म भुक्तानी गर्ने गरी आवधिक कर्जा शिर्षक मा परिवर्तन गरी चुक्ता गर्न पाइने २.५ बर्ष समय बढ़ी गएको कर्जा चुक्ता गर्न।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स