काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पौष २८ गते बिहीवार काठमाडौं स्थित थानकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले थानकोट क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पु¥याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९४ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।
सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ), एटिएम, पि ओ एस् मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंकको वेबसाइटमा रहेको इजी बैंक पोर्टल (https://easybank.siddharthabank.com/) मार्फत बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको ग्लय क्रेडिट कार्ड जस्ता सेवा मार्फत बैंकले उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंक ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।