महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नक्साल, काठमाडौंमा अवस्थित हिम इलेक्ट्रोनिक्स प्रा. लि. (सामसुङ प्लाजा) सँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा कम्पनीका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्मा र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सामसुङ डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्घ (चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरु मार्फत विभिन्न विद्युतीय सामाग्रीहरुको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले कन्जुमर इलेक्ट्रोनिक्स सामान हरुको खरिदमा १५ प्रतिशत र मोबाइल फोनको खरिदमा ५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट विद्युतीय सामाग्रीहरुको प्रयोगमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स