काठमाडौं । मिथिला लघुवित्तले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.७८९४ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी १७ करोड ४ लाख ३५ हजार रहेको छ ।