करेक्सन भएर जाँदा सेयर बजार अझ दिगो र बलियो हुन्छः छोटेलाल

काठमाडौं । इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियारले करेन्सन भएर जाँदा बजमर अझ दिगो र बलियो हुने बताएका छन् । बजार घटबढ हुने समान्य कुरा भएको बताउँदै उनले भने ‘बजार यसरी करेक्सन हुँदैमाथि जाँदा अझ बलियो र दिगो हुन्छ ।’

हिजो र आज गरी ६२ अंकले करेक्सन भएकोे हो । लगातार ३२५ अंकले बढेको नेप्से परिसूचक दुई दिनमा ६२ अंक घट्दा आत्तिनु नपर्ने उनले बताए । ‘पुस अन्त्यमा आम लागनीकर्ता र ट्रेडर्सले प्रोफिट बुक गर्दा करेक्सन भएको हो,’ उनले भने ‘लगानीकर्ताले यो समयमा १५ देखि २० प्रतिशत प्रोफिट लिइसकेका छन् ।’

बजारमा नेप्से इन्डेक्स करेक्सन भएपनि कारोबार रकम भने घटेको छैन । सरकारले विश्वासको मत पाएपछि बजार करेक्सन भएपनि कारोबार रकम भने नघटेको उनले बताए । ‘बजारमा उत्साह घटेको छैन,’ उनले भने ‘बजार एकै पटक आँकासिनुभन्दा विस्तारै बढ्दै जानु राम्रो हो ।’

नेपाल बैकर्स संघमा नयाँ अध्यक्ष आएपछि ब्याजदर घटाउने बताइसकेका छन् । अब निक्षेपको ब्याजदर घटेपछि कर्जाको पनि ब्याजदर घट्छ । अहिले बैंकहरूले कर्जा दिन आउ भनेर बोलाइरहेको अवस्था छ । ३२ सय विन्दुभन्दा माथि गएको सेयर बजार सरकार र राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण १८ सयको विन्दुमा झरेको थियो ।

अहिले १६/१७ महिनापछि सरकारका साथै राष्ट्र बैंकको समेत सेयर बजारका विषयमा सकारात्मक विचार र व्यवहारहरू आएका छन् । स्वयम प्रधानमन्त्री र अर्थमन्त्रीले समेत सपोर्ट गरेको अहिलेको अवस्थामा बजार घट्ने नभइ बढ्ने भएको उनले बताए ।
एकै पटक मात्तिएर जानुभन्दा आस्ते आस्ते विस्तारै बढ्दै जानु राम्रो भएको उनको भनाइ छ । सेयर बजारमा लगानीकर्ता सर्वसाधारणमात्रै नभएर थुप्रै ट्रर्डसहरू भएकाले यसलाई विस्तारै चिरफार गर्दै अगाडि बढ्दा बजार अझ हुने उनले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स