विकास बैंकहरुले पनि माघमा ब्याजदर घटाउने

काठमाडौं । विकास बैंकहरुले माघमा ब्याजदर घटाउने निर्णय गरेका छन् । आज (बिहीबार) बसेको विकास बैंकहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनको बैठकले पुसको तुलनामा माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

विकास बैंकहरुले पुसमा कायम ब्याजदरमा ०.८५ प्रतिशतको विन्दु घटाउँदै माघमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।

मुद्दति निक्षेप र बचतको ब्याजदर अन्तर ५ प्रतिशत राख्नुपर्ने नियम भएकोले अब बचतको ब्याजदर पनि सोही अनुपातमा घट्नेछ ।

यो अघि ब्याजदर घटाउँदा पनि विकास बैंकले पहिला घटाएका थिए । अहिले तरलता केहि सहज हुँदै गएको र महँगो ब्याजका कारण कर्जाको माग कम हुँदै गएकोले पनि ब्याजदर घटाउन लागेका विकास बैंकका अध्यक्ष प्रद्युम्न पोखरेलले बताए ।

‘अहिले कर्जाको माग कम भएको छ,’ उनले भने ‘अब प्रवाह हुने कर्जा पनि खपतयोग्य आयमा जान हुँदैन, आन्तरिक उत्पादन बढाउने क्षेत्रमा जानुपर्छ । ब्याजदर महँगो भयो भने बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दै जान्छ, मूल्य वृद्धि हुन्छ, सो कारणले पनि अब ब्याजदर विस्तारै घटाउँदै लैजानुपर्छ भन्ने हो ।’

पुसमा ब्याजदर स्थिर राख्दै मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२.८५ प्रतिशत, संस्थागतर्फ १०.८५ र रेमिट्यान्समा १३.८५ प्रतिशत कायम गरेका छन्।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स