छिमेक लघुवित्त लाभांश २५.२६ प्रतिशत, बोनस र नगद कति ?

काठमाडौं । छिमेक लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ३.२६ प्रतिशत नगद लाभांश गरि कुल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स