काठमाडौं । नेपाल बैंकर्स संघले माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । २७ पुस बिहीबार बैंकर्स संघले १ माघदेखि नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था भित्र रहेर निक्षेपको ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघका नयाँ अध्यक्ष सुनिल केसीले बताए ।
राष्ट्र बैंकले दिएको सीमाभित्र रहेर माघ १ गतेदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका हौं,’ अध्यक्ष केसीले भने ‘कर्जाको ब्याजदर भने बैंकहरू आफैले बेस रेटको आधारमा गर्ने छन् ।’ यसमा संघले कुनै निर्णय गर्दैन। बैंकहरू स्वयम आफैले गर्ने छन् ।’
हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर दिंदै आएका छन् । यस्तै नेपाल राष्ट्र बैंबले व्यक्तिगत र संस्थागत मुद्धति निक्षेपको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुले अन्तर कायम गर्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार संस्थागत मुद्दति निक्षेको अधिकतम ब्याजदर १०.१३३ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकको नीति अनुसार अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशत बिन्दुले ब्याज थप/घट गर्न पाइने व्यवस्था छ । यो शुत्र अनुसार मुद्दति तथा बचत निक्षेपको ब्याज दर १.२१ प्रतिशतले घट्ने छ । यसो हुँदा मुद्दतिको ब्याज १०.९२ प्रतिशत हुने छ ।
बचतको ब्याज दर पनि सोहि अनुपातमा घट्ने छ । यस्तै मुद्दति निक्षेपको अधिकतम र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्था छ । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा वाणिज्य बैंकहरुले दिएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले मात्रै निक्षेपको ब्याजदर घटाउने पाइने व्यवस्था गरेको छ ।