हिमालयन बैंकको क्यास रिसाइकल मेसिन संचालनमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सहजता र सुबिधालाई मध्य नजर गर्दै बैंकको विभिन्न शाखाहरुमा क्यास रिसाइकल मेसिन (सीआरएम) संचालनमा ल्याएको छ ।

हाल बैंकले सातवटा सीआरएम बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगंज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दैछ भने यसको संख्या बढ्ने क्रम जारी छ ।

यस सीआरएमबाट सेवाग्राहीहरुले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन् । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ ।

मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । हिमालयन बैंकको यस सुबिधाले बंैकका ग्राहकहरुलाई बैंकिङ कारोबारको समय अघि–पछि पनि थप सुबिधा मिल्ने बैंकको विश्वास छ ।

हाल बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ६ विस्तारित काउन्टर, १६० एटिएम र ६,००० भन्दा बढी पिओएस टर्मिनलबाट सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स