सेञ्चुरी कमर्सियल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन, यसरी पत्ता लगाउनुहोस् आफ्नो नयाँ खाता नम्बर

काठमाडौं । साबिक सेञ्चुरी कमर्सियल बैंकका खाताधनीहरुको खाता नम्बर परिवर्तन भएको छ। आजबाट सेञ्चुरी बैंकलाई प्राप्ति गरी प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

प्रभु बैंकको नाममा एकीकृत कारोबार सुरुहुने भएकोले साबिक सेञ्चुरी कमर्सियल बैंकमा खाता खोली कारोबार गरिरहेका ग्राहकको खाता नम्बर परिवर्तन भएको हो।

साविक सेञ्चुरी कमर्सियल बैंकमा खाता खोली कारोबार गरिरहेका ग्राहकहरुको खाता नम्बर १२ अंक रहेकोमा परिवर्तन भई १६ अंकको कायम भएको बैंकले जनाएको छ ।

जसअनुसार सेञ्चुरी बैंकमा १२ अंक नम्बर भएको खाता परिवर्तन भई अब प्रभु बैंकमा १६ अंक नम्बर भएको खाता हुनेछ ।

आफ्नो परिवर्तित खाता नम्बर आफ्नो मोबाइल तथा इन्टरनेट बैंकिङमा लगइन गरी वा प्रभु बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी थाहा पाउन सकिने बैंकले जनाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स