प्रभु र सेन्चुरी कमर्सियल बैंकको आज एकीकृत कारोबार, साढे २३ अर्बको बैंक बन्ने

काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको आज एकिकृत कारोबार हुँदैछ । मर्जरपछि प्रभु बैंक लिमिटेडको नामबाट आजदेखि एकीकृत कारोबार सुरु हुँदैछ । दुबै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।

दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते आईतबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते सेन्चुरी कमर्सियल बैंकको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्रभु बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।

एकीकृत कारोबारका लागि दुबै बैंकको सम्पूर्ण बैंकिङ सेवा पुस २२ गते शुक्रबार राति १० बजेदेखि पुस २६ गते बिहान ९ः४५ बजे बन्द गरेका छन् । पुस २६ गते देखि एकीकृत कारोबार गरिने हुँदा डाटा माइग्रेसन प्रयोजनको लागि दुबै बैंकबाट दिने सेवा बन्द गरिन लागिएको हो ।

पुस २६ गते बिहान ९ः४५ बजेपछि सम्पूर्ण बैंकिङ सेवा यथावत रुपमा सञ्चालन हुने व्यहोरा उल्लेख गरिएको छ ।

मर्जपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा सेञ्चुरी प्रभु र सेन्चुरी कमर्सियल बैंकको आज एकीकृत कारोबार, साढे २३ अर्बको बैंक बन्ने बैंकका तर्फबाट मनोज न्यौपाने रहनेछन् । मर्जपछि बन्ने सञ्ंचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने सहमति छ ।

दुई बैंकको मर्जरपछि ‘प्रभु बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुनेछ । प्रभुले सेञ्चुरी बैंकलाई १ः१ को स्वाप रेसियामा गाभेको हो । मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल प्रभु बैंकको केन्द्रीय कार्यालय रहेको स्थान बबरमहलमा रहने छ ।

त्यस्तै मर्जर पछि बन्ने सञ्चालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने मर्जर सम्झौतामा उल्लेख छ ।

गत आवको नाफाबाट प्रभु बैंकले साढे ६ प्रतिशत बोनस र सेञ्चुरी बैंकले पौने ५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेका छन् । बोनस वितरणपछि प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार रुपैयाँ र सेञ्चुरी बैंकको १० अर्ब ७७ लाख १९ हजार रूपैयाँ पुग्नेछ । नयाँ बन्ने बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ८८ हजार पुग्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स