एनएमबि बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एनएमबि बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बैंकले पौष २५ गते (सोमबार) नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा संचालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनी महानुभावहरुको उपस्थितिमा २७औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका सेयरधनीहरुले आ-आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

उक्त वार्षिक साधारण सभाद्वारा आ.व. २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा १८२.०९ अर्ब रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स