बैंक अहिले पुँजी, निक्षेप, कर्जा र शाखा सञ्जालमा अधिकांश वित्तीय सूचकमा नेपालको पहिलो बैंक : अध्यक्ष ढकाल

काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक अहिले पुँजी, निक्षेप, कर्जा र शाखा सञ्जालमा अधिकांश वित्तीय सूचकमा नेपालको पहिलो बैंक भएको बताएका छन् ।

काठमाडौंमा आज आयोजित ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु लिमिटेडको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

‘हालसम्म पाँच वाणिज्य, १० वटा विकास बैंक र छ वटा फाइनान्स गरेर २१ संस्था गाभिएर यो संस्था बनेको हो । ग्लोबल बैंक अहिले पुँजी, निक्षेप, कर्जा र शाखा सञ्जालमा अधिकांश वित्तीय सूचकमा नेपालको पहिलो बैंक भएको छ’, ढकालले भने ।

एकीकृत कारोबारको शुभारम्भमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकियोस् भन्ने उद्देश्य हालसम्म विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति गरेर ग्लोबल आइएमई देशको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको बताए ।

‘राष्ट्र बैंकको नीतिमा हामी लिडर संस्था बन्यौं’, उनले भने, ‘दुई प्लस दुई बराबर चार होइन पाँचको लक्ष्यले मर्जरमा गएका हौं।’

अध्यक्ष ढकालले आफूहरुको मर्जरले अरुलाई पनि मर्जरमा जान उत्साहित गरेको उल्लेख गरे। ‘आकार र अंकमा ठूलो हुनुमात्र सफलता होइन’, उनले भने, ‘अर्थतन्त्रमा सकारात्मक र गुणात्मक परिणाम ल्याउनुपर्छ। वित्तीय क्षेत्रमा पनि गुणात्मक परिवर्तन हुनुपर्छ।’

बैंक अफ काठमाण्डुसँग एकीकृत कारोबार सुरु भएसँगै ग्लोबल आइएमई बैंकको कूल पुँजी कोष ५७ अर्ब, कूल निक्षेप चार खर्ब १० अर्ब, कूल कर्जा चार खर्ब, कूल सम्पत्ति पाँच खर्ब र एक हजार एक सय शाखा सञ्जाल रहेका छन् । नेपालभित्र सबै जिल्लासहित तीन वटा वैदेशिक सम्पर्क कार्यालय रहेको पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स