मर्जर नीतिले वित्तीय मध्यस्थता शुल्कमात्रै घटेन ७ गुणाले सञ्चालक पनि घटेः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्था मर्जर जाँदा वित्तीय मध्यस्थता शुल्क घटको बताएका छन् । सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा उनले मर्जर नीतिले बैंक सञ्चालक ७ गुणा र कर्मचारी त्योभन्दा बढी संख्यामा घटेको उनले बताए ।

‘जति संख्यामा संस्था घट्यो त्यही संस्थामै प्रमुख कार्यकारी निर्देशकहरू घटेका छन् भने त्यसको ७ गुणा संचालकहरू घटेका छन् र कर्मचारीहरु त्यो भन्दा बढीको संख्यामा घटेका छन्,’ उनले भने ‘वित्तीय मध्यस्थता शुल्क घट्दा अर्थतन्त्रमा बैंकको योगदान पनि बढेर जानेछ । सोही अनुसार मर्जर नीति ल्याइएको हो । यो वर्ष १४ वटा बैंकमात्रै मर्जर भइरहेका छन् ।’ मर्जरबाट राम्रो उपलब्धी हासिल भएको छ ।’

राष्ट्र बैंकले वित्तीय सुशासन कायम राख्दै बलियो बैंक बनाउन मर्जर तथा प्राप्ती नीति लिएको उनले बताए । सोहिअनुसार नै २४७ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर भएर अहिले ६८ वटामा कायम भएको र जसले गर्दा वित्तीय मध्यस्थता शुल्क घटेको उनले बताए ।

‘मर्जरपछि बैंकहरू अझ बलिया हुँदै जाने भएकाले यस्ता बैंकहरूले आफूसँग भएको स्रोतको परिचालन बढीभन्दा बढी गर्नुपर्ने बताएका हुन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय सस्थाहरू सोही अनुसारको नीति निर्देशन निर्माण गरेको छ,’ उनले भने ‘ठूला र बलिया बैंकहरूले स्व–नियममा चल्न सक्ने भएकाले आफै कर्जा लगानी यस्तो क्षेत्रमा बढाउनु पर्छ ।’

ठूला बैंकले सोही अनुरुप अझ उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका छन् । सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा उनले ठूला बैंकहरू आफैले नियम बनाएर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स