मेगा बैंकको कामु सिईओमा महेश ढकाल नियुक्त

काठमाडौं । मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश ढकाल नियुक्त भएका छन् । बैंकको सोमबार (पुस २५ गते) बसेको संचालक समितिको बैठकले ढकाललाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ढकाललाई आज (पुस २५ गते) देखि लागु हुने गरि अर्को ब्यबस्था नभएसमको लागि उक्त पदमा नियुक्त गरेको हो ।

उनी यसअघि ग्लोबल आइएमई बैंकको सिनियर डेपुटी सिईओ थिए ।

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमांडूले मर्ज भएर एकिकृत कारोबार गर्दा उनी स्वेच्छिक अवकास योजनाका लागि आवेदन दिएर ग्लोबल आइएमई बैंकबाट बाहिरिएका हुन् ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स