नेपाल बैंकिङ क्षेत्रमा पुँजीकरणका हिसाबले विश्वको २१ औं देशः डा खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खवितडाले बैंक तथा वित्तिय संस्थाहमा अधिक पुँजीकरणले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका पूर्व मन्त्री डा. खतिवडाले बैंकिङ क्षेत्रमा पुँजीकरणका हिसाबले नेपाल विश्वको २१ औं देशमा रहेको जानकारी गराए ।

‘बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि हुँदा अर्थतन्त्रमा विकृति आएको हो,’ उनले भने ‘बैंक तथा वित्तिय संस्थाहरुको पुँजी आठ गुणासम्म बढाउने निर्णय कार्यान्वयन हुँदा अर्थतन्त्रमा विकृतिहरु भित्रिएको हो।’

बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको तेश्रो बार्षिक साधारण सभामा बोल्दै राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका पूर्व मन्त्री डा. खतिवडाले कार्यक्रममा भने ‘बैंकहरुको पुँजी ८ गुणासम्मले वृद्धि गरियो, त्यसले बैंकहरुको क्षमता बढायो, ठूला लगानी गर्न सक्ने बनायो तर बैंकको पुँजीको जसरी अर्थतन्त्रको वृद्धि भएन, बैंकको पुँजी मात्रै बढेपछि अर्थतन्त्रमा विकृतिहरु भित्रिए ।’

नेपाल राष्ट्र बैंकका गभर्नर समेत सहभागी कार्यक्रममा सम्मानित भएका खतिवडाले पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुको संख्या घटाउने अभियानले सफलता प्राप्त गरेको भन्दै उनले खुसी व्यक्त गरे । बैंकहरूको संख्या उल्लेख्य मात्रामा घटेको तर पहुँच र सेवाको सरलता भने बढेको उनको भनाई थियो ।

नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकको सुधारबाट आफूलाई सन्तुष्टी मिलेको उनले बताए । ‘कुनै बेला सम्पति र दायित्व बराबर जस्तै रहेका दुई सरकारी बैंकहरु अहिले सुधारिएर प्रतिष्पर्धी बनेका छन् । खारेजीमा जानै लागेका ग्रामीण विकास बैंकहरू मिलेर शसक्त ग्रामिण विकास बैंक बनेको छ, यी कामहरुको साक्षीका रुपमा म सन्तुष्ट छु’, डा. खतिवडाले भने ।

उनले बैंकमा पैसा राख्दा डुब्दैन भन्ने विश्वास पैदा हुनु सकारात्मक भएको बताए । पछिल्लो समय डिजिटल कारोबारको आकार बढ्नु र व्यापक नागरिक सहभागीताले पनि परिवर्तनको संकेत गरेको उनको भनाइ थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स