बैंक तथा वित्तीय संस्थाको नेतृत्वमा पुनः गोल्यान

काठमाडौं । बैंक तथा वित्तिय संस्थाका साहुहरूको संस्था बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पवन गोल्यान निर्विरोध निर्वाचित भएका छन् । आइतबार सम्पन्न तेश्रो वार्षिक साधारण सभाले उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । परिसंघको तेस्रो साधारणसभाले एनएमबि बैंकका अध्यक्ष रहेका गोल्यानलाई दोस्रो कार्यकाल पुनः अध्यक्ष निर्वाचित गरेको हो ।

परिसंघको वरिष्ठ उपाध्यक्षमा भोज बहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजन सिंह भण्डारी, कोषाध्यक्षमा तुल्सिराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

कार्य समिति सदस्यहरुमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, लिला प्रकाश सिटौला, उपेन्द्र केशरी न्यौपाने, मोतिलाल दुगड, राधेश पन्त, महेन्द्र कुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स