नेपालमा पनि आर्थिक मन्दीको संकेतः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा मन्दीको संकेत देखिन थालेको बताएका छन् । मुल्यवृद्धि उच्च हुँदै गएको, बाह्य क्षेत्रको चाप बढ्दै गएकोले नेपाली अर्थतन्त्रमा मन्दीको संकेत देखिन थालेको उनले बताएका हुन् । सीबीफिनको ३औं वार्षिक साधारणसभामा भगर्नर अधिकारीले अर्थतन्त्रमा चुनौति भएको बताएका हुन् ।

अहिले मूल्य स्थिरता कायम गर्नु पर्ने, वाह्य क्षेत्रको दवाव कायम गर्नुपर्ने चुनौति छ,’ उनले बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको कार्यक्रममा भने ‘मूल्य स्थिरता कायम गर्नको लागि सबै निकाय लाग्नु पर्नेछ, केही सुधार गर्नु पर्ने आवश्यक भएकोले सहकार्य र समन्वय सबैको आवश्यक छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स