काठमाडौं । नेप्सेले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरिदिएको छ ।
दुवै बैंकले पुस २५ गतेबाट ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुने ब्यहोराको पत्र पठाएका थिए ।
सोही बमोजिम धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका २०७९ को दफा ९(३) बमोजिम उक्त संस्थाहरुको सेयर कारोबार पुस २५ गते देखि रोक्का गरिदिएको नेप्सेले जनाएको छ ।