अर्थतन्त्र निर्माणमा बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मानिर्भर अर्थतन्त्र निमार्णको लागि बैक तथा वित्तीय संस्थाको भुमिका महत्वपूर्ण हुने बताएकी छिन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभामा राष्ट्रपति भण्डारीले सो अर्थतन्त्र सुधारको लागि लागि बैंक तथा वित्तीय संस्थाको भुमिका महत्वपूर्ण हुने बताएकी हुन् ।

‘अर्थतन्त्रको निर्माणमा राष्ट्रिय पुँजी परिचालनमा बैक तथा वित्तिय वित्तिय संस्थाको भुमिका महत्त्वपूर्ण र पुँजी परिचालनको उद्देश्य उपयुक्त भएपनि आर्थिक विकास र रोजगारी वृद्धिमा अपेक्षाकृत उपलब्धि हाँसिल हुन नसकेको उनले बताइन् । बैंक तथा वित्तीय संस्थाले नेपाल सरकारसँगको समन्वयनमा प्रभावकारी योजना बनाइ कार्यान्वयनमा जानु पर्ने उनले बताइन् ।

आन्तरिक उत्पादन वृद्धि गर्न नसक्नु तरलता संकुचनसहित बाह्य क्षेत्रमा देखिएको दवाव, उत्पदानमूकल क्षेत्रमा कमजोर लगानी विस्तार र उत्पादकत्व वृद्धिसहित उचित प्रतिफलको अभावले अर्थतन्त्रमा चुनौती थपिएको उनको भनाइ थियो ।

आत्मनिर्भर अर्थतन्त्रको निर्माण राष्ट्रिय पुँजी परिचालनमा बैंक तथा वित्तिय वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले परिचालनको उद्देश्य उपयुक्त भएपनि आर्थिक विकास र रोजगारी वृद्धिमा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको बताइन् ।

उनले आन्तरिक उत्पादन बढाउन उत्पादनशिलता बढाउन सके आयातमा आधारित उपभोग प्रणाली नियन्त्रण हुन सक्ने दावी गरिन । जसले गर्दा आयातमा आधारित राजस्व प्रणालीमा सुधार ल्याउन सकिने हुँदा त्यसमा बैंक तथा वित्तीय संस्थाले महत्वपूर्ण भुमिका खेल्नु पर्ने उनले बताइन ।

‘त्यसमा तपाईहरूको महत्वपूर्ण भूमिका हुन्छ । आर्थिक विकासको लागि अन्तर्रास्ट्रिय सम्बन्ध विस्तार र पुँजी परिचालन आजको आवश्यकता हो,’ उनले थपिन्, ‘अर्थतन्त्रमा देखिएको तरलता संकुचन बाह्य क्षेत्रमा देखिएको दवाव, उत्पादन क्षेत्रमा लगानी विस्तार र उत्पादकत्व वृद्धि हुन नसक्दा उचित प्रतिफल हासिल नहुँदा नै अर्थतन्त्रको चुनौति थपिएको छ ।’

उनले बैंक तथा वित्तीय संस्थाले नाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिन निर्देशन दिएकी छिन् । ‘अर्थतन्त्र स्वावलम्बी एव् आत्मनिर्भर अर्थतन्त्रको निर्माण, राष्ट्रको पुँजी निर्माण, परिचालन, उद्यमशिलता विकासमा अझैं धेरै काम गर्नु खाँचो छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स