ग्लोबल आइएमई बिओके भोलिबाट ५७ अर्ब कुल पुँजी भएको मुलुककै सबैभन्दा ठूलो बैंक बन्दै

काठमाडौं । भोलि पुस २७ गते बैंक ग्लोबल आईएमई बैंक र अफ काठमाण्डूबीच एकीकृत कारोबार हुँदैछ । बैंक अफ काठमाण्डूसहित मर्जरको प्रक्रियामा रहेको ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गरेको छ ।

यस बैंकले पहिलो पटक २०६९ असार २५ गते लर्ड बुद्ध फाइनान्स र आइएमई फाइनान्सियल संस्थासँग मर्जर गरी एकीकृत कारोबार गरेको थियो । त्यसपछि कमर्स एण्ड ट्रष्ट बैंकसँग २०७० चैत २६ गते, सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकसँग २०७० असार ३० गते मर्जर गरेको थियो ।

२०७३ फागुन १ गते प्यासिफिक डेभलपमेन्ट बैंक, २०७४ असार २५ गते रिलायबल डेभलपमेन्ट बैंक र २०७६ भदौ १८ गते हाथवे फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार गरेको थियो । पछिल्लो पटक भने बैंकले जनता बैंकसँग २०७६ पौष ४ गते एकीकृत कारोबार गरेको थियो । जुन वाणिज्य बैंकहरूमा बिग मर्जरको संज्ञा दिइएको थियो । भोलि पुस २७ गते ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज हुने भएका छन् ।

५७ अर्बको कुल पुँजी भएको बैंक ग्लोबल आईएमई बैंक

मर्जर पश्चात् बैंकको कुल पुँजी ५७ अर्ब पुग्नेछ भने बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड पुगरे देशकै ठूलो बैक बन्नेछ । बैंक अफ काठमाण्डूपछि बैंकको कुल निक्षेप ४ सय अर्ब, कुल कर्जा ३ खर्ब ७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ ।

यस अघि ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरेपछि कायम भएको पुँजी हो वा व्यवसाय हो त्यो ।

पहिलो त्रैमाससम्म ग्लोबल आईएमई बैंकले कमाएको खुद नाफा १ अर्ब १८ करोड ९५ लाख ४५ हजार र बैंक अफ काठमाण्डूले कमाएको नाफा २२ करोड ५२ लाख ४९ हजार गरी कुल १ अर्ब ४१ करोड ४७ लाख ९४ हजार खुद नाफ आर्जन गरिसकेका छन् ।

दुई बैंकहरुको मर्जर पश्चात कुल ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरू, ४० लाख भन्दा बढि ग्राहकहरू सहित अन्य धेरै वित्तीय परिसुचकहरूमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठूलो बैंक हुनेछ ।

५ वाणिज्य बैंकसहित २१ बैंक गाभिएर बन्यो ग्लोबल आईएमई बैंक
२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

दुई बैंकहरूको मर्जर पश्चात् कूल ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरू, ४० लाख भन्दा बढि ग्राहकहरू सहित अन्य धेरै वित्तीय परिसुचकहरूमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठूलो बैंक हुनेछ ।

दुवै बैंकहरू एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सवल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरूलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरूलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स