गरिमा विकास बैंकको १६औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । गरिमा विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । सभामा बंैकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गरेकोे आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१.८९ रूपैयाँको १३ प्रतिशत बराबर बोनस सेयर बापत ५९ करोड ६८ लाख १३ हजार ५५५.२५ रूपैयाँ र १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि ) ६ करोड ८८ लाख ६३ हजार १०२.५३ रूपैयाँ गरि जम्मा १४.५० प्रतिशतले हुन आउने रकम ६६ करोड ५६ लाख ७६ हजार ६५७.७८ रूपैयाँ लाभांश प्रस्ताव पारित भएको छ ।

यस पश्चात, यस विकास बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७.१४ रुपैयाँ पुग्ने छ ।

त्यस्तै गत आर्थिक बर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरिएको छ । बैकको आन्तरिक मुल्यांकन अनुसार प्रथम पूतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स