नेप्सेमा साढे ६३ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बैंक अफ काठमाण्डूको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार बैंकको ६ प्रतिशतले हुन आउने ६३ लाख ७४ हजार ३ सय ९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९का लागि कुल २०.९५ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

बैंकको बोनस सेयर साधारणसभाले पारित गरेको एक महिनाभन्दा कम समयमा सूचीकृत भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स