नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्यांकन र सहकार्य गर्नेछ ।

नबिल बैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अलोई प्राइभेट लिमिटेडका सहसंस्थापक सोनिका मानन्धरले यो साझेदारीका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । वरिष्ठ सीईओ शाक्यले दिगो वित्तपोषणका रुपमा कमर्सियल इलेक्ट्रिक भेइकललाई सहजरुपमा ऋण प्रवाह गर्न यस प्रणालीले मद्दत पुग्ने बताए ।

दिगो बैंकिङकोे रूपमा नबिल बैंकले व्यवसायिक विद्युतीय सवारी साधन खरिद गर्न चाहने उद्यमीहरूलाई आकर्षक मूल्य र सजिलो प्रक्रियामा ऋण लिन प्रोत्साहित गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स