काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको थप सेयर सूचीकृत भएको छ ।
बैंकको १०० अंकित मूल्यका कुल ४ लाख कित्ता अग्राधिकार सेयर नेप्सेमा सूचीकृत भएको हो।
बिहीबार बैंकको अग्राधिकार सेयरबाट साधारण सेयरमा परिणत भई सो सेयर सूचीकृत भएको हो ।
उक्त सेयर सूचीकृतपश्चात् भोलिदेखि नै धितोपत्र दोस्रोबजारमा कारोबार गर्न मिल्नेछ ।